रसुवा बाढीपीडितको सहयोगका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख दिने निर्णय

डिसी नेपाल
१४ भदौ २०८३ ९:३२

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले रसुवा बाढी प्रभावित नागरिकहरूको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको छ।

विपद्का कारण कठिन परिस्थितिमा परेका नागरिकलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले पार्टीले नगद रकमका साथै आवश्यक राहत सामग्रीसमेत सम्बन्धित जिल्लाहरूमा पठाउने निर्णय गरेको हो।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई तीव्रता दिनका लागि नगद सहयोग तथा खाद्यान्न लगायतका अत्यावश्यक सामग्री पठाउने निर्णय गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *