एमएम कपः कुशल मल्लको शतकीय पारीको मद्दतले एपिएफ लाई २८२ रनको लक्ष्य

डिसी नेपाल
२० पुष २०७६ १४:०४

ईनरुवा । इनरुवामा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्र्र्तगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी क्लब नेपाल लाई २८२ रनको लक्ष्य दिएको छ । ईनरुवा क्रिकेट मैदानमा निर्धारित ५० ओभरको खेल खराब मौसमको कारण ४६ ओभरमा छोटयाईएकोे खेलमा त्रिभुवन आर्मी क्लबले टस जितेर ब्याटिङ गर्ने निणय र्गदै ४६ ओभरको समाप्तीमा सबै विकेट गुमाउदै २८१ रन बनाएको हो ।

त्रिभुवन आर्मी क्लबका ओपनर राजु रिजाल ९ रनको ब्यत्तिगत स्कोरमा सुर्य तामाङको बलमा विकेट किपर मोहम्द आसिफ शेखको हातबाट क्याच आउट हुन पुगे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका हरि चौहान बसन्त रेग्मीको बलमा शंकर रानाको हातबाट सुन्य रनमा क्याच आउट हुन पुगे । त्यस्तै अर्का ओपनर अनिल मण्डल ८ बलको सामना गर्दै ४१ रन बनाएर अमर सिंह रौटेलाको बलमा कमल सिंह ऐरीको हातबाट क्याच आउट हुन पुगे । चौथो नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्लले आज बिस्फोटक ब्याटिङ्ग गर्दै ६३ बलमा ५ चौका र १३ छक्काको मद्दतले १११ रनको सतकिय पारी खेले । त्यस्तै रोहित पौडेल २६, बिनोद भण्डारी ७, भिम सार्कि ८, राजेश पुलामी मगर ३ र बिक्रम सोबले १४ रन बनाए ।

बलिङ्गमा सशस्त्र प्रहरी क्लब नेपालका कप्तान बसन्त रेग्मीले १० ओभरमा १ मेडन सहित ५४ रन दिएर ४ विकेट, अमर सिंह रौटेला २, प्रदिप ऐरी, सूर्य तमाङ र अबिनाश बोहराले समान १–१ विकेट लिएका थिए । ग्रुप ए को आज पहिलो खेलमा निर्धारित ५० ओभरको खेल खराब मौसमको कारण ४७ ओभरमा छोटयाईएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.