कार्टरले प्रहार गरे एकै ओभरमा ६ छक्का

डिसी नेपाल
२० पुष २०७६ २०:५८

एजेन्सी । न्यूजिल्यान्डको घरेलु टि२० लिग सुपर स्म्यासअन्तर्गत क्यान्टरबरी किंग्सका ब्याट्सम्यान लिओ कार्टरले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।

आइतबार भएको खेलमा कार्टरले नर्दर्न डिस्ट्रिक्टविरुद्ध एन्टन डेभचिचको ओभरमा लगातार ६ छक्का प्रहार गरेका हन् । डेभचिचले न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन् । उनले डेभचिचले बलिङ गरेको १६औं ओभरमा ६ छक्का प्रहार गरेका हुन्।

जितका लागि २२० रनको लक्ष्य पछ्याएको किंग्सलाई कार्टरले ऐतिहासिक जित समेत दिलाए । किंग्सले १९औं ओभरमै जित हासिल गर्दै न्युजिल्यान्डको घरेलु क्रिकेटमा सर्वाधिक ठूलो लक्ष्य पछ्याउने कीर्तिमान पनि कायम गर्यो । कार्टरले २९ बल खेल्दै ७० रन बनाए । जसमा ७ छक्का समावेश थियो ।

न्यूजिल्याण्डको क्रिकेट इतिहासमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने कार्ट पहिलो खेलाडी हुन् भने टी–२० क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने उनी चौथो खेलाडी हुन् । टी–२०मा पहिलो पटक युवराज सिंहले सन् २००७मा एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। अन्य खेलाडीमा रोस ह्विट्ली(२०१७) र हजरतउल्लाह जजाई (२०१८)रहेका छन्।

यस्तै सर ग्यारी सोबर्स र रवि शास्त्रीले फस्र्ट क्लास क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए भने हर्शल गिब्सले एक दिवसीयमा प्रहार गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.