सुलेमानीकी छोरीले सोधिन्, बदला कसले लिन्छ?

डिसी नेपाल
२० पुष २०७६ २१:३२
4
Shares

तेहरान (एजेन्सी)। आइतबार अमेरिकाले हत्या गरेका इरानी सैन्य कमाण्डर जर्नेल कासिम सुलेमानीको शव इरान ल्याइयो। जब सुलेमानीको शव इराकबाट इरान ल्याइयो, लाखौं मानिसहरु उनको शव यात्रामा सहभागी भए।

यहीबीचमा इरानी राष्ट्रपति हसन रुहानी सुलेमानीको घर गएर परिवारका सदस्यहरुलाई समवेदना प्रकट गर्न।

समाचारअनुसार राष्ट्रपति हसन समक्ष मृतक सुलेमानीकी छोरी जैनब सुलेमानीले प्रश्न गरिन्, ‘यो घटनाको बदला कसले लिन्छ?’

बीबीसीका अनुसार राष्ट्रपति रुहानीको यो पारिवारिक भेटबारे इरानी टेलिभिजनले जानकारी दिएको छ। जैनब सुलेमानीको प्रश्नको जवाफमा राष्ट्रपति रुहानीले भनेका छन्, ‘हामी सबैले यसको बदला लिन्छौं।, तपाईहरु चिन्ता नगर्नुहोस्। यो दुःखको घडिमा हिम्मत राख्नुहोस्।’

गएको शुक्रबार बिहानै इराकको राजधानी बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाले लेजर गाइडेड मिसाइल आक्रमण गरेर सुलेमानीको हत्या गरेको थियो।

यो घटनापछि अमेरिका र इरानबीच युद्धको जस्तै स्थिति बनेको छ। इरानी सर्वोच्च नेता अयोतुल्ला खामेनीले अमेरिकासँग बदला लिने बताइसकेका छन्। यहीबीचमा आइतबार बिहानै इराकस्थित अमेरिकी सैन्य अखडामा रेकट आक्रमण भएको छ। आक्रमणको क्षतिबारे भने केही खुलाइएको छैन। उता इराकले अमेरिकी सेनालाई आफ्नो देश छोड्न भनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *