वर्षाका कारण भारत र श्रीलंका बिचको पहिलो टी–२० नतिजा विहीन
एजेन्सी । घरेलु टिम भारत र श्रीलंकाबीचको पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल नतिजा विहीन भएको छ ।
गुवाहाटीमा तय भएको पहिलो टी–ट्वान्टी वर्षाको कारण नतिजा विहीन भएको हो । खेलको टस भएपनि भारी वर्षाको कारण खेल रद्द भएको हो ।

खेल रद्द हुनुअघि भारतले टस जितेको थियो र पहिले बलिङ गर्ने निर्णय गरेको थियो । तीन खेलको सिरिज अन्तर्गत दुई टोलीबीचको दोस्रो खेल मंगलबार हुनेछ । यस्तै अन्तिम खेल शुक्रबार पुनेमा हुनेछ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment