एमएम कपः सुशान्तको किफायती बलिङमा त्रिभुवन आर्मी क्लबलाई ५७ रनको लक्ष्य
ईनरुवा । ईनरुवामा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिबसीय क्रिकेट प्रतियोगिता अन्र्तगत एमएमसी र त्रिभुवन आर्मी क्लब बिच आज हुने खेलमा आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसी) ईनरुवाले टस जितेर ब्याटिङ गर्ने निणर्य गर्दै १९ ओभर ३ बलमा सबै विकेट गुमाउदै ५६ रन बनाएर त्रिभुवन आर्मी क्लबलाई सामान्य ५७ रनको लक्ष्य दिएको छ ।
ईनरुवा क्रिकेट मैदानमा आज भएको खेलमा त्रिभुवन आर्मी क्लबको बलरहरुको सामु एमएमसीका खेलाडी हरुले खुलेर खेल्न सकेनन । आर्मीका मुख्य बलर सुशान्त भारि एक्लैले उल्लेखनीय प्रदशन गर्दै ८ ओभरमा ३ बलमा ३ मेडन सहित १६ रन दिएर ७ विकेट लिन सफल भए ।
त्यस्तै हरि बाहादुर चौहानले ५ ओभरमा २८ रन २ दिएर विकेट र शाहब आलमले २ ओभर २ मेडन सहित १ विकेट लिएका थिए ।
ब्याटिङमा एमएमसीका खेलाडी सुशान्त तिम्लसीनाले १५ रन, सोनु मण्डल १३ रन, बनाउनु बाहेक अन्य खेलाडि हरुले दोहरो अंक छुन सकेनन् ।
आजको खेलमा त्रिभुवन आर्मी क्लबको सुरुवाती ११मा कप्तान बिनोद भण्डारी, रोहित कुमार पौडेल, भिम सार्की, कुसल मल्ल, राजेश पुलामी मगर, शुसान भारी, हरि कृष्ण झा, हरि बाहादुर चौहान, शाहब आलम, जितेन्द मुखिया र अनिल कुमार मण्डल रहेका छन ।
एमएमसीको सुरुवाती ११मा कप्तान सरोज बस्नेत, सोनु मण्डल, बिवेक मेहता, राकेश सोनी, आयुश ओडारी, रबि रोय, भुपाल लुईटेल, सुशान्त तिम्लसीना, अल्फाज मन्सुरी, रुपेश श्रीबास्तव र रेवती रमन यादब रहेका छन ।
हिजो भएको खेलमा आयोजक एमएमसी एपिएफ क्लब संग ८३ रनले पराजीत भएको कारणले सेमिफाईनलमा पुग्न आजको खेल जित्नैपर्ने दबाब छ ।







डिसी नेपाल








Facebook Comment