विश्व वरियतामा प्रिन्स दाहाल १४ औँ स्थानमा

डिसी नेपाल
२२ पुष २०७६ १२:२३

काठमाडौँ । विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल १४ औँ स्थानमा पुगेका छन्।

जुनियरतर्फको विश्व वरियतामा १८ औँ स्थानमा सुधार गर्दै प्रिन्स १४ औँ स्थानमा पुगेका हुन ।

प्रिन्सले प्राप्त गरेको उक्त वरियता नेपाली खेलाडीले अहिलेसम्म प्राप्त गरेको उच्च हो। यसअघि उनी विश्व वरियताको ३२ औँ स्थानमा थिए।

लगातार अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भइरहेका प्रिन्सले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्समा सम्पन्न दुबई इन्टरनेशनल सिरिजमा उपाधि जितेका थिए।

उनले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेका थिए।

जुनियरतर्फको वरीयतामा फ्रान्सको क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *