एफए कपको चौंथो चरणको खेल तालिका सार्वजनिक

डिसी नेपाल
२२ पुष २०७६ १६:३९

एजेन्सी । एफए कप फुटबलको चौंथो चरणको खेल तालिका सार्वजनिक भएको छ । इन्ग्लिश फुटबल एसोसिएसनले सार्वजनिक गरेको ड्र अनुसार साविक विजेता म्यानचेस्टर सिटीले फुलहमलाई प्रतिद्वन्द्वी पाएको छ ।

यस्तै चेल्सीले हल सिटीलाई चौंथो चरणमा प्रतिद्वन्द्वी पाएको छ । आर्सनलले बर्नेमाउथसँग खेल्नेछ । लिभरपुलले भने ब्रिस्टोल सिटी र श्रेव्सबुरीबीचको रिप्ले खेलको विजेतासँग खेल्नेछ ।

साउथह्याम्पटनले मिडल्सबर्ग र टोटेनहमबीचको रिप्ले खेलको विजेतासँग खेल्नेछ । म्यानचेस्टर युनाइटेड र वुल्भ्स बीच हुने रिप्ले खेलको विजेताले वाट्फोर्ड र रोभर्सबीचको रिप्ले खेलको विजेतासँग खेल्नेछ ।

यस्तै क्युपिआरले सेफिल्ड वेड्नेसडेसँग खेल्दा डर्बी काउन्टीले नर्थह्याम्पटन टाउनसँग खेल्नेछ । लेष्टर सिटिले ब्रेनफोर्टसँग खेल्दा सेफिल्ड युनाइटेडले मिल्वालसँग खेल्नेछ । वेष्ट ह्यामले वेष्ट ब्रुमसँग खेल्दा बर्नलीले नर्विच सिटीसँग खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.