यी हुन् ईपीएल खेल्ने चर्चीत विदेशी खेलाडी
काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपीएलको नयाँ सिजनमा विदेशी खेलाडीमा चर्चित नाम आउने भएका छन ।
लिगको अफिसियल वेबसाइटमा उल्लेख भए अनुसार यो पटक हसिम अमला, ड्वायन स्मिथ, केस्रिक विलियम्स, मोहम्मद सेहजाद, सेकुगी प्रसन्ना, उपल थरंगा, लियाम पलंकिट, पउल स्ट्रलिङ, रिचार्ड लेभी जस्ता खेलाडी आउने भएका छन । जसमा यो सिजनका लागि सात जना नयाँ खेलाडी थपिने संभावना रहेको छ ।
इपीएलको साइटले राखेको खेलाडीको नाममा दक्षिण अफ्रिकी पूर्व कप्तान अमला, वेष्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान ब्राभो र विलियम्स, अफगानिस्तानका पूर्व ओपनर सहजाद, श्रीलंकाका प्रसन्ना र थरंगा तथा इंग्ल्याण्डका पलंकिटको नाम छ ।
अमला आउने निश्चित जस्तै भएको आयोजकले बताएपनि बाँकी खेलाडीको आधिकारी धारणा एक दुई दिनमा आउनेछ । जसमा कुन खेलाडी कुन टिमबाट खेल्छन भन्ने पनि प्रष्ट हुनेछ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment