दोस्रो टेष्टमा ईंग्ल्याण्ड विजयी
काठमाडौं। दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा इंग्ल्याण्ड १८९ रनले विजयी भएको छ । योसँगै चार वटा टेस्ट म्याचको श्रंखलामा इंग्ल्याण्डले एक एकको बराबरी गरेको छ ।
केप टाउनमा ४३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका पाँचौं दिन २४८ रनमा समेटिन पुग्यो । पहिलो पारिमा २६९ रन बनाएको इंग्ल्याण्डले अफ्रिकालाई २२३ रनमा रोकेको थियो ।
पहिलो पारिबाट ४६रनको अग्रता बनाएको इंग्ल्याण्डले दोस्रो पारिमा ८ विकेट गुमाएर ३९१ रन बनाएपछि अफ्रिकालाई ४३८ रनको लक्ष्य दिएको थियो ।
४३८ रनको लक्ष्य पछ्याउने क्रममा पिटर मलनले ८४ तथा क्विन्टन डी ककले ५० रन बनाएका थिए । इंग्ल्याण्डलाई जिताउन बेन स्टोक्सले ३ विकेट लिँदा जेम्स एन्डरसन र जोय डेन्लीले दुई-दुई विकेट लिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment