एमएम कपः नेपाल पुलिस क्लबका सुनिल धमलाको अर्धसतक
इनरुवा । ईनरुवामा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिबसीय क्रिकेट प्रतियोगिता अन्र्तगत नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच भईरहेको खेलमा नेपाल पुलिस क्लबका सुनिल धमलाले अर्धसतक प्रहार गरेका छन्।
आजको खेलमा कर्णाली प्रदेशले टस जितेर फिल्डीङ गर्ने निर्र्र्र्र्णय गर्दै नेपाल पुलिस क्लब लाई ब्याटिङ गर्ने निम्तो दिएको थियो।
ओपनिङमा ब्याटिङ गर्न आएका नेपाल पुलिस क्लबका सुनिल धमलाले सानदार ब्याटिङ गर्दै ६५ बलमा अर्धसतक प्रहार गरेका छन्।
मोरङको ईनरुवा क्रिकेट मैदानमा भईरहेको प्रतियोगितामा सात प्रदेश लगायत बिभागीय टोली एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र पाहुना टोली मलेसिया ११ को सहभागिता रहेको छ।
प्रतियोगिताको बिजेताले ४ लाख ५ हजार नगद, उपबिजेताले २ लाख पाचँ हजार नगद तथा सेमिफाईनलमा पराजित हुन टोलिले ३०–३० हजार पाउने छन्।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment