एमएम कपः कुसल भुर्तेलको आक्रामक अर्धसतक

डिसी नेपाल
२३ पुष २०७६ १२:४८

इनरुवा । इनरुवामा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिबसीय क्रिकेट प्रतियोगिता अन्र्तगत नेपाल पुलिस क्लब र कर्णाली प्रदेशकोबीच भईरहेको खेलमा नेपाल पुलिस क्लबका कुसल भुर्तेलले अर्धसतक प्रहार गरेका छन्।

आजको खेलमा कर्णाली प्रदेशले टस जितेर फिल्डीङ गर्ने निर्र्र्र्र्णय गर्दै नेपाल पुलिस क्लबलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो ।

सातौँ नम्बरमा ब्याटिङ गर्न आएका नेपाल पुलिस क्लबका कुसल भुर्तेलल आक्रमक ब्याटिङ गर्दै ३३ बलमा २ छक्का र ६ चौकाको मद्दतले अर्धसतक प्रहार गरेका छन्।

मोरङको ईनरुवा क्रिकेट मैदानमा भईरहेको प्रतियोगितामा सात प्रदेश लगायत बिभागीय टोली एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र पाहुना टोली मलेसिया ११ को सहभागिता रहेको छ।

प्रतियोगिताको बिजेताले ४ लाख ५ हजार नगद, उपबिजेताले २ लाख पाँच हजार नगद तथा सेमिफाईनलमा पराजित हुन टोलिले ३०–३० हजार पाउने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *