इराकमा रहेका नेपाली शान्ति सेनालाई सचेत रहन निर्देशन
काठमाडौं। इरान र अमेरिकाबीच तनाव बढेपछि नेपाली सेनाले राष्ट्रघीय शान्ति मिशन अन्तगर्त इराकमा रहेका नेपाली शान्ति सेनालाई सचेत रहन निर्देशन दिएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशानालयले बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघको शान्ति मिशन अन्तरगत इराकको क्रिकुक र इरबेलमा रहेका नेपाली शान्ति सेनालाई सचेत रहन निर्देशन दिइएको बताएको ।
स्थानीय समयअनुसार मंगलबार साँझ इरानले इराकस्थित दुई वटा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र आक्रमण गरेपछि बुधबार नेपाली सेनाले यस्तो निर्देशन दिएको हो। साथै सेनाले इराकमा रहेका नेपाली शान्ति सेना सकुशल रहेकोसमेत जानकारी दिएको छ।
खाडी क्षेत्रमा तनाव बढेपछि अन्य मुलुक सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाका यूनिटहरुलाई पनि सचेत रहन भनिएको छ। साथै त्यहाँको वस्तुस्थितिबारे सैनिक हेडक्वाटरसँग सम्पर्कमा रही जानकारी दिन पनि भनिएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment