एमएम कपः कर्णाली प्रदेशको प्रदेश नम्बर २ लाई १३० रनको लक्ष्य

डिसी नेपाल
२४ पुष २०७६ १३:२५

इनरुवा । इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल (एमएम) कप एकदिबसीय क्रिकेट प्रतियोगिता अन्र्तगतको समुह बि को दोस्रो खेलमा खेलमा कर्णाली प्रदेशल टस जिटेर ब्याटिङ गर्दै ३१ ओभर ५ बलमा अलआउट हुदै १२९ रन बनाउदै प्रदेश नम्बर २ लाई १३० रनको लक्ष्य दिएको छ ।

ईनरुवा क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशका लागी कप्तान तथा ओपनर रबिन्द्र जंग शाहि कुमार थापाको बलमा राहुल प्रताप सिंहको हातबाट क्याच आउट हुनु अगाडी ६८ बलमा ४६ रन बनाएका थिए । अन्य खेलाडि हरुमा बिपिन रावल १०, बिजय बिष्ट १, टेक सलामी मगर ५, प्रकाश जैसी १५, दिनेश अधिकारी ३, ललित प्याकुरेल ३, दिवान पुन र यानिस बिक्रम शाही १ र अनुज चुनाराले १ रन बनाएका थिए ।

प्रदेश नम्बर २ का लाागि बलिङमा मेहबुब आलम ३, आदिल अन्सारी र हरि शंकर साहले समान २–२ विकेट, कुमार थापाले १ विकेट लिएका थिए ।

मोरङको ईनरुवा क्रिकेट मैदानमा भईरहेको प्रतियोगितामा सात प्रदेश लगायत बिभागीय टोली एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र पाहुना टोली मलेसिया ११ को सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले ४ लाख ५ हजार नगद, उपबिजेताले २ लाख पाचँ हजार नगद तथा सेमिफाईनलमा पराजित हुन टोलिले ३०–३० हजार पाउने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *