एमएम कपः प्रदेश नम्बर २ ले टस जितेर फिल्डिङ गर्दै

डिसी नेपाल
२५ पुष २०७६ ९:५९

इनरुवा । इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल (एमएम) कप एकदिबसीय क्रिकेट प्रतियोगिता अन्र्तगतको समुह बि को तेस्रो खेलमा प्रदेश नम्बर २ ले टस जितेर नेपाल पुलिस क्लबलाई ब्याटिङ गर्ने निम्तो दिएको छ ।

ईनरुवा क्रिकेट मैदानमा आज हुने खेलमा नेपाल पुलिस क्लबको सुरुवाती ११ मा कप्तान मन्जित श्रेष्ठ, अनिल कुमार साह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, रशिद खान, सुनिल धमला, ललित सिंह भण्डारी, ललित नारायण राजवंशी, अमित श्रेष्ठ, पवन सर्राफ र सागर ढकाल रहेका छन् ।

त्यस्तै प्रदेश नम्बर २ का लागी सुरुवाती ११ मा कप्तान मेहबुब आलम, हासिम अंसारी, कुमार थापा, सुरज पटेल, हरि शंकर साह, सुधिर चौधरी, बिशाल सुलिङ, राहुल प्रताप सिंह, बिवेक यादब, आदिल अन्सारी र तिर्थ राज दास रहेका छन ।

मोरङको ईनरुवा क्रिकेट मैदानमा भईरहेको प्रतियोगितामा सात प्रदेश लगायत बिभागीय टोली एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र पाहुना टोली मलेसिया ११ को सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले ४ लाख ५ हजार नगद, उपबिजेताले २ लाख पाँच हजार नगद तथा सेमिफाईनलमा पराजित हुन टोलिले ३०–३० हजार पाउने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *