बिग बाश लिगः मेलबर्न डर्बीमा स्टार्सलाई १६९ रनको लक्ष्य, सन्दिपले लिए २ विकेट
काठमाडौं। बिग बाश लिगको मेलबर्न डर्बीमा मेलबर्न रेनेगेड्सले मेलबर्न स्टार्सलाई १६९ रनको लक्ष्य दिएको छ । टर हारेर पहिले ब्याटिङको निम्तो पाएको रेनेडगेड्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको हो ।
रेनेगेड्सका लागि ओपनर मार्कुस ह्यारिस र शन मार्शले बलियो साझेदारी गरे । पहिलो विकेटका लागि उनीहरुले ८६ रनको साझेदारी गरे । ह्यारिसले ४२ र मार्शले ६३ रन बनाए । बेउ वेबस्टरले २५, ड्यान क्रिस्चियनले १२ र टम कुपरले १५ रन बनाए । स्टार्सका लागि सन्दिप लामिछाने र नथान कुल्टर नाइलले २–२ विकेट लिए । ह्यारिस रउफले १ विकेट लिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment