महानगर कप महिला भलिबलको उपाधि चन्द्रागिरी नगरपालिकालाई

डिसी नेपाल
२५ पुष २०७६ १६:०२

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले महानगर कप भलिबल अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको फाइनलमा आयोजक ललितपुर महानगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै चन्द्रागिरी च्याम्पियन बनेको हो ।

निकै रोमान्चक भएको फाइनलमा पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै चन्द्रागिरीले उपाधि जितेको हो । उपाधि जित्ने क्रममा चन्द्रागिरीले ललितपुरमाथि २३-२५, २५-१९, २५-१८, २१-२५ र १५-९ को जित निकाल्यो ।

उपाधिसँगै चन्द्रागिरीले २ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको ललितपुरले १ लाखमा चित्त बुझायो । तेस्रो भएको गोकर्णेश्वरले ५० हजार प्राप्त गर्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.