ईपीएलः सोमपाल चितवनबाट तथा दीपेन्द्र काठमाडौंबाट खेल्ने
काठमाडौं । नयाँ सिजनको एभरेस्ट प्रिमियर लिग (इपीएल) मा तीव्र गतिका बलर सोमपाल कामीले चितवन टाइगर्सबाट खेल्ने भएका छन्।
ईपीएलले जारी गरेको विज्ञप्तिमा गत सिजन काठमाडौं किंग्स–११ बाट खेलेका सोमपाल सिजनको लिगका लागि चितवनमा ट्रेड भएका हुन्। यता चितवनबाट दीपेन्द्रसिंह ऐरी काठमाडौं आएका छन्। इपीएलले दुवै खेलाडी बिक्रि मूल्य भने खुलाएको छैन।
यस्तै काठमाडौंले नरेश बुढाऐरको स्थानमा सुवास खकुरेल र सुशील कँडेलको स्थानमा आकाश चन्दलाई भित्र्याएको छ। पोखरा राइनोजले शक्ति गौचनको स्थानमा लोकेश बमलाई राखेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment