माघे संक्रान्तिमा सार्वजनिक विदा
काठमाडौं। नेपालीहरुको महान चाड माघे संक्रान्तिमा सार्वजनिक विदा दिइने भएको छ। तर, यो विदा प्रदेश नम्बर २ सरकारले दिएकाले त्यो विदा प्रदेश नम्बर २ मा मात्र लागु हुनेछ।
माघे संक्रान्तिका अवसरमा प्रदेश नम्बर २ मा सार्वजनिक विदा दिने निर्णय प्रदेश सरकार मन्त्रिपरिषद बैठकले गरेको हो।
बिहीबार बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको उप सचिब टिकामणि नेउपानेले जारी गरेको सूचनामा जनाइएको छ।
माघे संक्रान्तिलाई थारुहरुले सबैभन्दा ठूलो पर्वका रुपमा मनाउने गर्छन्। उनीहरुले ‘माघी’ मनाउँछन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment