छाउपडी प्रथाविरुद्ध विद्यार्थीलाई पढाउदै प्रहरी

डिसी नेपाल
२५ पुष २०७६ १९:१७

मुगु। मुगु जिल्लाका विद्यालहरुमा अध्यनतरत विद्यार्थीहरुलाई छाउपडी प्रथाविरुद्ध मौजुदा कानुनमा उल्लेखित प्रावधानका बारेमा नेपाल प्रहरीले बिद्यार्थिहरुलाई शुक्रबार प्रशिक्षण दिएकोे छ।

महाकाली नमुना माध्यमिक बिद्यालय गमगढी मुगुमा कक्षा ८ देखि १० कक्षा सम्म अध्यनरत विद्यार्थीहरुलाई प्रहरीले छाउपडी प्रथाविरुद्ध मौजुदा कानुन रहेका कानुनी बिषयबस्तुका बारेमा प्रशिक्षण दिएको हो।

शताब्दीयौंदेखि जरो गाडेर बसेको छाउपडी प्रथालाई नेपाल सरकारले न्युनिकरणका लागि अभियानका रुपमा सञ्चालन गदै आएको छ।

छाउपडी प्रथाबिरुद्ध कानुनि कुरा, छाउगोठ भत्काउनेदेखि बिभिन्न सचेतना मुलक कार्यक्रम गदै आएको र त्यसै अनुरुप मुगुमा पनि छाउपडी प्रथाबिरुद्ध बिद्यार्थीलाई छाउ हुनु प्राकृतिक नियम हो, यो कुनै पापको कारण होइन भन्ने बुझाउन प्रशिक्षण कार्यक्रम गरिएको प्रहरीले बताएको छ।

छाउ वार्न लगाएमा कानुनमा उल्लेख गरिएका व्यवस्थाअनुसार कारवाहीका हुने जानकारी दिइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए।
उनले छाउ हुनु फुल फुलेर फल लाग्नु सरह भएको बताए। ‘त्यहि पनि हाम्रो पुरातानवादी सोचमा ग्रसित छाउपडी प्रथा समाजमा कायमै रहेकाले त्यस लाई उन्मुलन गर्न गृह मन्त्रालयको निर्देशन अनुसार प्रहरी साझेदारी कायक्रम अन्तरगत, बिद्यार्थी, जिल्लाका सरोकारवाला निकाय, धामिझाक्री, महिला, स्वास्थ्यकर्मीसँग कानुनका बारेमा जानकारी सहित न्युनिकरणमा हातेमालो गर्न आग्रह गदै कार्यक्रम गदै आएको पनि उनले बताए।

प्रशिक्षण कार्यक्रममा बोल्दै कक्षा १० मा अध्ययनरत बिद्यार्थी सिमा परियारले सामाजिक मानसिकरुपमा छाउपडी प्रथा हटाउनु पर्ने बताइन्। पहिलेको तुलानामा छाउपडी प्रथा न्युनि भएको र अझै पुराना मान्छेमा छाउपडी भित्रका विकृती प्रथा कायमै रहेकाले छाउपडी प्रथा न्युनिकरणमा सबैको सहकार्य आवश्यक रहेको परियारको भनाई छ।

छाउपडी प्रथा आफू पनि नवार्ने र अन्यलाई पनि कानुनका बारेमा छाउ हुनु प्राकृतिक नियम हो भन्ने बारेमा बुझाउने प्रतिवद्धाता समेत गरिन्। कार्यक्रमा सहभागी सबैजना बिद्यार्थीहरुले छाउगोठमा बसेको भेटाएमा नबस्न आग्रह गर्ने र कानुक बारेमा सम्झाई बुझाई गरी छाउगोठबाट घरमै बस्नका लागि सल्लाह सुझाव दिने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *