महानगर कप पुरुष भलिबलको उपाधि ललितपुरलाई

डिसी नेपाल
२५ पुष २०७६ २०:५८

काठमाडौं । आयोजक ललितपुर महानगरपालिकाले महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको फाइनलमा चौतारा नगरपालिकालाई ३(१ को सेटमा पराजित गर्दै आयोजक ललितपुर च्याम्पियन बनेको हो ।

उपाधि जित्ने क्रममा ललितपुरले चौतारालाई २३–२५, २५–२०, २५–२१ र २५–१२ को सेटमा पराजित गर्यो । उपाधिसँगै ललितपुरले २ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको चौताराले १ लाखमा चित्त बुझायो । तेस्रो भएको महालक्ष्मीले ५० हजार प्राप्त गर्यो ।

ललितपुर महानगरपालिकाले आफ्नो १ सय १ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रतियोगितामा सर्वोकृष्ट खेलाडी ललितपुरका हरि पाण्डे चुनिए । उनले १० हजार प्राप्त गरे ।

यस्तै उत्कृष्ट स्पाइकर ललितपुरका योगेन्द्र गुरुङ, ब्लकर महालक्ष्मीका शरद रावल, डिफेन्डर महालक्ष्मीका हरिस बुढाथोकी, सरभर महालक्ष्मीकै आयुस खड्का चुनिए ।

सेटर चौताराका विश्वास आले र प्रशिक्षक ललितपुरका मनोज खड्का चुनिए । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५/५ हजार प्राप्त गरे ।

महिलातर्फको उपाधि चन्द्रागिरी नगरपालिकाले जितेको छ । फाइनलमा आयोजक ललितपुर महानगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै चन्द्रागिरी च्याम्पियन बनेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.