भारतद्वारा श्रीलंका विरुद्धको टी–२० सिरिज क्लीनस्वीप

डिसी नेपाल
२५ पुष २०७६ २२:३९

एजेन्सी । श्रीलंका विरुद्धको तीन टी २० खेलको श्रृखंला भारतले क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ७८ रनले हराउँदै भारतले सिरीज दुई शुन्यले आफ्नो पक्षमा पार्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली भारतले निर्धारित ओभरमा ६ विकेट गुमाएर २०१ रन बनायो । भारतले उत्कृष्ट सुरुआत गरेको थियो ।

पहिलो विकेटका लागि शिखर धवन र केएल राहुलले ९७ रनको साझेदारी गरेका थिए । धवन ५२ रन बनाएर आउट भए । उनले ३६ बलमा ७ चौका र १ छक्का प्रहार गरे । यस्तै के एल राहुलले ५४ रन बनाउँदा मनिस पाण्डेले ३१ रन बनाए। कप्तान कोहलीले २६ रन बनाए भने शार्दुल ठाकुरले विस्फोटक ब्याटिङ गर्दै २२ रन बनाए। श्रीलंकाका लक्षण सन्दकनले तीन विकेट लिँदा वानिन्दु हसरंगा र लाहिरु कुमाराले एक एक विकेट लिए ।

२०२ रनको लक्ष्य पछ्याएको श्रीलंका १५.५ ओभरमा १२३ रन अलआउट भयो । श्रीलंकाका धनन्जय डि सिल्भाले ५७ तथा एनजेलो मैथ्युजले ३१ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन्। भारतका नवदिप सैनीले ३ विकेट लिए भने वाशिंटन सुन्दर र शार्दुल ठाकुरले २–२ विकेट लिए।

पहिलो खेल वर्षाले रद्द भएको थियो भने दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.