लिभरपुललाई इतिहास रच्ने अवसर, आज राती बन्न सक्छ किर्तिमान

डिसी नेपाल
२६ पुष २०७६ १६:०३

काठमाडौं। इङलिस प्रिमियर लिगमा आज लिभरपुलसँग इतिहास रच्ने अवसर छ । इङलिस क्लव फुटबलको इतिहासमै अहिलेसम्म कुनै पनि क्लवले २१ खेलमा ६१ अंक जोड्न सकेको छेन । लिभरपुलसँग भने आज यो अवसर छ ।

लिभरपुलले अहिलेसम्म खेलेका २० खेलमा अपराजित रहँदै १९ जीत र एक बराबरीसहित ५८ अंक जोडिसकेको छ । आजको खेल जितेमा उसले २१ खेलमा ६१ अंक जोड्दै इङलिस फुटबल इतिहासकै सबैभन्दा उत्कृष्ट सुरुवात गर्नेछ । यद्यपि आजको अ‍ेल जित्न उसलाई सजिलो भने छैन ।

अघिल्लो सिजन च्याम्पियन्स लिगको फाइनलसम्मै पुगेको टोटनह्याम लिभरपुलको लागि चुनौतीको रुपमा उभिएको छ । बलियो क्लव टोटनह्याम र प्रशिक्षक जोसे माउरिन्होलाई हराउनु लिभरपुलको लागि सहज हुने छैन । यद्यपि टोटनह्यामका स्ट्राइकर ह्यारी केन घाइते भएकोले यसको केही लाभ लिभरपुलले लिन सक्छ । खेल आज राती सवा ११ बजे हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.