होङ्ग्वान्जी न्यु डायमण्ड भलिबलः उपाधिका लागि न्यु डायमण्ड र एपीएफ भिड्ने
काठमाडौं । आयोजक न्यु डायमण्ड एकेडेमी र विभागीय टिम एपीएफ तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमण्ड खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
शनिबार भएको दोस्रो सेमिफाईनलमा विभागीय टिम आर्मीलाई हराउँदै न्यु डायमण्डले एपीएफसंगको उपाधि भिडन्त पक्का गरेको हो । सेमिफाईनलको खेलमा न्युडायमण्डले आर्मीलाई ३–० को सोझो सेटमा हरायो । न्यु डायमण्डले आर्मीलाई २५–१७, २५–१६ र २५–११ को सेटमा पराजित गरेको हो ।
घरेलु मैदानमा न्यु डायमण्डले सहज जित निकाल्दै फाईनल प्रवेश गर्न सफल भयो । शनिबारनै भएको पहिलो सेमिफाईनल खेलमा एपीएफले पुलिसलाई ३–० को सोझो सेटमा हराएको थियो । एपीएफले पुलिसलाई २५–१४, २५–१८ र २५–१७ को सेटमा हराएको थियो । फाइनल खेल आईतबार हुनेछ ।
प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ, दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।







डिसी नेपाल








Facebook Comment