राष्फोर्डको दुई गोलमा युनाइटेको फराकिलो जित, शीर्ष पाँचमा उक्लियो

डिसी नेपाल
२६ पुष २०७६ २३:१५

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले नर्विच सिटीलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन मार्कोस राष्फोर्डले दुई गोल गरे । यस्तै एन्थोनी मार्सियल र मासुन ग्रीनउडले एक एक गोल गरे ।

ओल्ड ट्राफोर्डमा खेलको २७ औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । ५२ औं मिनेटमा राष्फोर्डले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता २–० को बनाए ।

५४ औं मिनेटमा मार्सियलले गोल गर्दा युनाइटेड ३–० ले अघि रह्यो । त्यसपछि खेलको ७६ औं मिनेटमा ग्रीनउडले गोल गर्दै युनाइटेडलाई ४–० को फराकिलो जित दिलाए ।

जितसँगै युनाइटेड लिगको पाँचौं स्थानमा उक्लिएको छ । युनाइटेडले २२ खेलमा ३४ अंक जोडेको छ । पराजित नर्विच १४ अंक जोडेर लिगको पुछारमा रहेको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.