लिभरपुलले इङलिस फुटबलमा इतिहास रच्यो, बनायो यस्तो रेकर्ड
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राखेको छ । यससँगै उसले इङलिस फुटबलमा नयाँ इतिहास रचेको छ । लिभरपुलले इङलिस फुटबलको १३१ वर्षको इतिहासमा सर्वोत्कृष्ट सुरुवातको किर्तिमान बनाएको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुलले टोटनह्यामलाई १–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा ब्राजिलियन स्ट्राइकर रोबेर्टो फिर्मिनोले खेलको एक मात्र गोल गरेका थिए । फिर्मिनोले खेलको ३७औ मिनटमा मोहमद सलाहको असिस्टमा गोल गरेका थिए ।
यससँगै लिभरपुलले प्रिमियर लिगमा २१ खेलमा ६१ अंक जोडेको छ । अहिलेसम्म कुनै पनि क्लवले २१ खेलमा ६१ अंक जोड्न सकेका थिएनन् । लिभरपुलले यो सफलता हासिल गर्दै सर्वोत्कृष्ट सुरुवातको किर्तिमान बनाएको हो ।
उसले यस सिजनमा २१ खेलमा २० खेलमा जित हासिल गरेको छ भने एक खेल बराबरी खेलेको छ । सन् २०१९ को जनवरीमा म्यानचेस्टर सिटीसँग पराजित भएदेखि अहिलेसम्म लिभरपुल ३८ प्रिमियर लिग खेलमा अपराजित रहेको छ ।
यो जितपछि लिभरपुलको अंक तालिकामा ६१ अंक भएको छ भने दोस्रो स्थानमा रहेको लेस्टर सिटी भन्दा १६ अंकले अगाडी रहेको छ । त्यस्तै टोटनह्याम भने २२ खेलमा ३० अंक हासिल गर्दै आठौ स्थानमा झरेको छ ।







डिसी नेपाल








Facebook Comment