लिसेस्टर सिटी पराजित, अंक तालिकामा १६ अंकले पछि पर्‍यो

डिसी नेपाल
२७ पुष २०७६ ८:२२

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएको लिष्टर सिटी साउथेम्प्टनसँग पराजित भएको छ । शनिबार राति सकिएको खेलमा लिष्टर सिटीले शुरुमै बनाएको अग्रता कायम राख्न नसक्दा २–१ गोल अन्तरले पराजित भएको छ । लेष्टर सिटीका लागि डेनिस प्रेइटले १४औं मिनेटमै गोल गर्दै अग्रता लिएको थियो ।

तर, पाँच मिनेट नबित्दै १९ औं मिनेटमा साउथेम्प्टनका आर्मस्टोङले गोल गर्दै खेल बराबरीमा बनाए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । दोस्रो हाफका ८१औं मिनेट साउथेम्प्टनका डेन्नी इङ्गसले गोल गर्दै लेष्टर सिटीलाई पराजित गरे । लेष्टर सिटी २२ खेलबाट ४५ अंक जोड्दै दोस्रो स्थानमा कायमै छ । तर, शीर्ष स्थानमा रहेको लिभरपुलसँग अन्तरले भने फराकिलो बनेको छ । १ खेल कम खेलेको लिभरपुल ६१ अंक जोड्दै शीर्ष स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.