फ्रेन्डसको पहिलो जित, थ्रिस्टार पराजित

डिसी नेपाल
२७ पुष २०७६ १५:००

काठमाडौं । फ्रेन्डस क्लबले जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ । छैटौं चरणको खेलमा थ्रिस्टारमाथि १–० को नतिजा निकाल्दै फ्रेन्डसले लिगमा पहिलो जित दर्ता गरेको हो । फ्रेन्डसको जितमा विदेशी खेलाडी वागनर डि कार्मोले निर्णायक गोल गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्रेन्डसले १३ औं मिनेटमा अग्रता लिएको थियो । डि कार्मोले फ्रिकिकमा हेड गोलगरेपछि फ्रेन्डसले अग्रता लिएको थियो । शीर्ष स्थानका लागि सङघर्षरत थ्रिस्टारले बाँकी समय आक्रामक खेले पनि गोल गर्न नसक्दा लिगमा दोस्रो हार बेहोरेको हो ।

जितसँगै फ्रेन्डसले लिगमा ५ अंक जोडेको छ । यसअघि फ्रेन्डसले ३ खेलमा हार र २ खेलमा बराबरी खेलेको थियो । पराजित थ्रिस्टारले यसअघिका ३ खेलमा जित र १ मा बराबरी र १ खेलमा हार बेहोरेको थियो । हारसँगै थ्रिस्टारको उपाधि होडमा धक्का लागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.