होंगान्जी न्यू डायमण्ड भलिबलको उपाधि एपिएफलाई
काठमाडौं । नेपाल एपिएफ क्लबले होंगान्जी न्यू डायमण्ड भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक न्यू डायमण्ड क्लबलाई आइतबार ३–० को सोझो सेटमा हराउँदै एपिएफ उपाधि रक्षा गर्न सफल भएको हो । लगातार तेस्रो संस्करणमा भिडेका यी दुई टोलीबीचको पछिल्लो दुई संस्करण एपिएफले जितेको हो । पहिलो संस्करण भने न्यू डायमण्डले जितेको थियो ।
फाइनल खेल एपिएफले २५–२०,२५–२३ र २५–१८ को सेटमा विजयी भएको थियो । उपाधिसँगै एपिएफले ४ लाख १ सय १ रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै न्यू डायमण्डले ३ लाख १ सय १ रुपैयाँ प्राप्त गरेको छ ।
नेपाल पुलिस क्लबले प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको छ । अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस तेस्रो भएको हो । गोगंबु बसपार्क नजिक ढोरपाटन स्पोर्टस क्लबको मैदानमा आइतबार भएको खेलमा पुलिसले आर्मीलाई २५–२२, २५–९ र २५–१२ ले हराएको थियो । जितसँगै पुलिसले १ लाख ५१ हजार १ सय १० रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै आर्मीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ







डिसी नेपाल








Facebook Comment