वार्नर र फिन्चको शानदार ब्याटिङ, भारतको लज्जास्पद हार

डिसी नेपाल
२९ पुष २०७६ २०:४७

काठमाडौं । अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीयमा भारतले लज्जास्पद हार व्यहोरेको छ। मुम्बईमा भएको खेलमा भारत अस्ट्रेलियासँग १० विकेटले पराजित भएको हो।

भारतले दिएको २५६ रनको लक्ष्य अस्ट्रेलियाले ३७.४ ओभरमा बिना विकेटको क्षतिमा पुरा गर्यो। अस्ट्रेलियाको जितमा कप्तान आरोन फिन्च र डेभिड वार्नरले सतकिय पारी खेले। फिन्चले ११४ बलमा १३ चौका र २ छक्का लगाउँदै ११० रन बनाए। यस्तै वार्नरले ११२ बलमा १७ चौका र ३ छक्का प्रहार गर्दै १२८ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ५५ रन बनाएको थियो । भारतका शिखर धवनले ७४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। यस्तै के एल राहुलले ४७ रन बनाउँदा कप्तान कोहली १६ रन बनाएर आउट भएका थिए।

अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए भने प्याट कमिन्स र केन रिचार्डसनले २–२ विकेट लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *