सपरिवार त्रिशुलीमा हाम्फालेका विनयको बयानः व्यवसायमा घाटा र ऋण लागेपछि आत्महत्या प्रयास

डिसी नेपाल
३ माघ २०७६ ११:३८

काठमाडौं। सपरिवार त्रिशूलीमा हाम्फालेर आत्महत्याको प्रयास गरेर बाँचेका विनय लामिछानेले व्यवसायमा घाटा र ठूलो परिमाणम ऋण लागेपछि आत्महत्याको प्रयास गरेको प्रहरीसमक्ष बयान दिएका छन् । उनले सपरिवार मर्ने प्रयास गरेको बताए ।

उनले श्रीमती २८ वर्षकी जमुना रेग्मी लामिछाने, २ वर्ष र ६ महिनाका दुई छोरासहित धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुंगे पुलबाट बिहीबार साँझ हाम्फालेका थिए । उनलाई स्थानीयले जीवितै उद्धार गरेका थिए । उनकी श्रीमतीको शव भेटिएको छ भने दुई नाबालक छोरा बेपत्ता छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका नगरपालिका–५ थानकोट निवासी विनय लामिछानेको घरमा सुसाइड नोडसमेत भेटिएको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रवक्त डिएसपी खगेन्द्र खड्काले सुसाइड नोट भेटिएको पुष्टि गरे ।

‘सुसाइड नोटमा उनले आफूले तिर्नुपर्ने ऋणको सबै विवरण समेत लेखेका छन् । लेखिएको ऋण डेढ–दुई करोडजति नै छ’ डिएसपी खड्काले डिसीनेपालसँग भने ‘एकै जनालाई ५० लाखसम्म तिर्नुपर्ने समेत छ ।’

अहिले गजुरी इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका लामिछानेले अनलाइन बिजनेसमा घाटा भएपछि परिवारै मर्ने निर्णय गरेर त्रिशूली नदीमा हामफालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डिएसपी खड्काले बताए ।

लामिछानेको कमोडिटी अनलाइन बिजनेस छ जसमा उनलाई ठूलो घाटा भएको थियो । अनुसन्धान जारी भएकोले अहिले नै सबै कुरा खुलिनसकेको डिएसपी खड्काले बताएका छन् । अहिले वर्षा भइरहेको तथा त्रिशूली नदीको पानी धमिलो भएकाले दुई बच्चाको खोजी गर्न गाह्रो भइरहेको डिएसपी खड्काले जानकारी दिए ।




प्रतिक्रिया

One thought on “सपरिवार त्रिशुलीमा हाम्फालेका विनयको बयानः व्यवसायमा घाटा र ऋण लागेपछि आत्महत्या प्रयास

  1. बास्तबिकता :- कसैले ” आजादि ” भनेर माग्छ भने :- (१) तिनीहरु , त्यो देशको होईना भनेर बुझ्छ (२) अर्को देश को मानिस हरु :- अर्काको देश , अरु धर्मको देशमा , गएको हुनाले नै , ” आजादि ” भनेर माग्छ। >>>>>>>>>> कुरो आयो , ” आजादि ” को , दीने कि नदिने भन्ने ? World को 99 % देशहरुले नदिने, दिदैनन् . किनभने कसैले पनि आफ्नो देश दिदैनन् >>>>>>>>>>> Must Kill . or Must in 24 hour, GET OUT from INDIA . नागरिकता भएर के गर्नु ??? त्यो नागरिकता पनि तेहि देशको ( अर्काकै देशको , अर्काको घरको , अरु धर्मको देशको ) .

Leave a Reply

Your email address will not be published. Required fields are marked *