भारतद्वारा अस्ट्रेलियालाई ३४१ रनको लक्ष्य

डिसी नेपाल
३ माघ २०७६ १७:३६

काठमाडौं । भारतमा जारी दोस्रो एकदिवसीयमा भारतले अस्ट्रेलियालाई ३४१ रनको लक्ष्य दिएको छ। राजकोटमा भएको खेलमा भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४० रन बनाएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतका लागि शिखर धवनले सर्वाधिक ९६ रन बनाए। यस्तै कप्तान विराट कोहलीले ७८ रन बनाउँदा के एल राहुलले ८० रन बनाएर आउट भए। रोहित शर्माले ४२ रन बनाए भने रविन्द्र जडेजाले १० रन बनाए।

अस्ट्रेलियाका एडम जाम्पाले ३ तथा केन रिचार्डसनले २ विकेट लिए। भारतमा जारी तीन खेलको एकदिवसीय सिरिजमा अस्ट्रलियाले पहिलो खेलमा १० विकेटका जितसहित १–० ले अग्रता लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *