यू–१९ विश्वकपको पहिलो खेलमा अफगानिस्तानको फराकिलो जित

डिसी नेपाल
३ माघ २०७६ १८:२५

एजेन्सी । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपको पहिलो खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकामाथि सात विकेटको फराकिलो जित निकालेको छ ।

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका २९ ओभर एक बलमा मात्र एक सय २९ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा कप्तान ब्रायस र्पासोन्सले ४० तथा लुकी ब्यिुफोर्टले २५ रन बनाए ।

यस्तै जेराल्ड कोइट्जेले ३८ रन बनाउँदा बाँकी खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । दक्षिण अफ्रिकाको पारीलाई ध्वस्त पार्न सफिकुल्लाह घफारीले ६ विकेट लिए । उनले नौ ओभर एक बलमा दुई मेडेन राख्दै १५ रनमा ६ विकेट लिए । यस्तै नुर अहमद र फजल हकले दुई दुई विकेट लिए ।

जवाफमा अफगानिस्तानले २४ ओभर ५ बलमा मात्र तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा कप्तान फराहन जाखिलले ११ रन बनाए । यस्तै इमरानले अर्धशतकीय पारी खेले ।

उनले ४८ बलमा १० चौकाको मद्दतमा ५७ रन बनाए । यस्तै इब्राहिम जार्दनले पनि अर्धशतक बनाए । उनले ५२ रन बनाए । दक्षिण अफ्रिकाका एचिल क्लोटले २ विकेट लिए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *