न्यू डायमण्डको जित

डिसी नेपाल
३ माघ २०७६ १९:३४

काठमाडौं । न्यू डायमण्ड स्पोर्ट्स क्लबले पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुवात गरेको छ ।

शुक्रबार भएको महिलाको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३(२ को सेटमा पराजित गर्दै न्यू डायमण्डले सुखद सुरुवात गरेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको रोमान्चक खेलमा न्यू डायमण्डले पुलिसमाथि १७–२६,२५–१८,२३–२५,२५–१७ र १५–११ को सेटमा जित निकाल्यो ।

जितसँगै समूह बी को न्यू डायमण्डले महत्वपूर्ण २ अंक जोडेको छ । पुलिसले भने हारबाट सुरुवात गरेको छ । पुरुषतर्फ साविक विजेता त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेका छन् ।

प्रतियोगिताको पुरुषतर्फ ११ टिमको सहभागिता रहेको छ । महिलातर्फ ७ टिमको सहभागिता रहेको छ ।

माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५र२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०र१० हजार पाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *