यु१९ विश्वकपः वेष्ट ईण्डिजद्वारा अस्ट्रेलिया पराजित
एजेन्सी । दक्षिण अफ्रिकामा जारी यु१९ विश्वकपमा वेस्ट इण्डिजले अस्ट्रेलिया माथि तीन विकेटको संघर्षपुर्ण जीत हात पारेको छ । अस्ट्रेलियाले दिएको १७९ रनको सामान्य योगफल वेस्ट इण्डिजले ४६ ओभर खेल्दै सात विकेटको नोक्सानीमा पुरा गर्यो।
वेस्ट इण्डिजका शुरुवाती ब्याट्सम्यानहरुले शुरुवात राम्रो गरेता स्कोर बनाउन नसकेता पनि छैठौं नम्बरमा ब्याटिंङ गर्न आएका नयीम योङ् ६६ बलमा छ चौका र एक छक्काको मद्धतमा अविजित ६१ रन बनाउँदै आफ्नो टोलीलाई जीत दिलाए । योङ् खेलको म्यान अफ द म्याच चुनिए । अस्ट्रेलियाका तनविर सांघाले १० ओभर बलिङ् गर्दै ३० रन खर्चेर चार विकेट हात पारे।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको अस्ट्रेलियाले ३५.४ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो। अस्ट्रेलियाको तर्फबाट ओपनर ज्याक फ्रासेर म्याकगुर्कले ९७ बलमा सर्वाधिक ८४ तथा विकेट किपर ब्याट्सम्यान प्याट्रिक रोवेले ४० बाहेक अन्य ब्याट्सम्यानले राम्रो योगदान दिन नस्कदा सस्तैमा समेटिन पुग्यो ।
अस्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा वेस्ट इण्डिजका जायदेन साल्सले सर्वाधिक चार विकेट लिए भने म्याथ्यु फोर्डले पनि आफ्नो नाममा तीन विकेट दर्ता गराए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment