रोहितको सतकमा अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजमा भारतको कब्जा

डिसी नेपाल
५ माघ २०७६ २१:३०

एजेन्सी । अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारतले ७ विकेटको जित हासिल गरेको छ। २८७ रनको लक्ष्य पछ्याएको भारतले ४७.३ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गरेको हो। जितसँगै भारतले सिरिजमाथि कब्जा जमाएको छ।

बेंगलुरुमा भएको खेलमा भारतको जितका लागि रोहित शर्मा र कप्तान कोहलीले १३७ रनको बलियो साझेदारी गरे। रोहितले १२८ बलमा ८ चौका र ६ छक्कासहित ११९ रन बनाए। यस्तै कप्तान कोहलीले ८९ रन बनाए। श्रेयस ऐरले ४४ रन बनाउँदा के एल राहुलले १९ रन बनाए। अस्ट्रेलियाका एडम जाम्पा, जोस हेजलवुड र एस्टन अगरले समान १–१ विकेट लिए।

यसअघि अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८६ रन बनाएको थियो।

अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सतकिय पारी तथा मार्नस लाबुशानेले अर्धसतकिय पारी खेलेका थिए। स्मिथले १३२ बलमा १४ चौका र १ छक्का प्रहार गर्दै १३१ रन बनाएका थिए । यस्तै लाबुशानेले ६४ बलमा ५४ रन बनाएका थिए भने एलेक्स केरीले ३५ रन बनाउँदा कप्तान फिन्च १९ रनमा आउट भएका थिए।

भारतका मोहम्मद शमीले ४ विकेट लिएका थिए । यस्तै रविन्द्र जडेजाले २ तथा कुलदिप यादव र नवदिप शैनीले १र१ विकेट लिएका थिए।

तीन खेलको एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा अस्ट्रेलियाले भारतलाई १० विकेटले हराएको थियो। यस्तै दोस्रो खेलमा भारतले ३६ रनको जित निकालेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *