‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’

डिसी नेपाल
६ माघ २०७६ १६:३५

विराटनगर । स्वस्थ जीवन प्रवद्र्धनका लागि धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन’ अभियान सोमबार विराटनगर शुरु भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले शुरु गरेको सो अभियानले ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ भन्ने प्रमुख सन्देश दिएको छ ।

समाजिक विकासमन्त्री जीवन घिमिरेले धुम्रपानले समाजलाई नकारात्मक बाटोतर्फ धकल्ने गरेको बताउँदै यसको बिक्रीमा रोक लगाउनुपर्ने बताए । सबैको साथ र सहयोगको अपेक्षा गर्दै मन्त्री घिमिरेले आउने वर्षमा प्रदेश नं १ लाई धुम्रपानमुक्त घोषण गर्ने जानकारी गराए।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सुर्तीजन्य पदार्थ बेचबिखनदेखि उत्पादनसम्ममा रोक लगाउन सकेमात्र यो अभियान सफल हुने बताए। विद्यालय, कलेज जस्ता संवेदनशील ठाउँ वरपरमा यस्ता सामानमा बिक्री गर्न रोक लगाउनाका साथै बिक्री–वितरण गर्नेलाई कानूनअनुसार सजाय दिन सकेमा समाज स्वच्छ हुने धारणा सो अवसरमा सहभागीले व्यक्त गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *