नेपाली आदिवासी जनजाति महासंघ जोहोरमा नयाँ नेतृत्व

डिसी नेपाल
८ माघ २०७६ ११:४८

क्लालालम्पुर । नेपाल आदिवासी जनजाति महासंघ जोहोर शाखाको चौथो अधिवेशन गंगा चाम्लिङ राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । जोहोरस्थित बागुस होटेलमा गत आइतबार सम्पन्न अधिवेशनले राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति चयन भएको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा केशव कुस्मि थारु, तेज कुमार बुढा मगर सचिवमा सुनिल थापा मगर, सहसचिवमा रविकिरण लिम्बू  र कोषाध्यक्षमा रेस्मा राई रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा ससिकला राई, छविराज राई, मान बहादुर तामाङ, मनमाया राई, सुरेश खबाँस थारु, आशा गुरुङ, सुनिता सुनुवार, सुरेश बुढा मगर, दिनेश थिङ तामाङ, मित्र राई र  निलम थापा मगर रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय  उपाध्यक्ष घनश्याम चौधरी थारु थिए भने अतिथिहरूमा एनआरएनए मलेसिया क्षेत्रीय समिति जोहोर सचिव अर्जुन सिंह अनुरागी, मजदुर एकता केन्द्रका प्रतिनिधि दिलिप शाही, एनआरएनए मलेसियाका सल्लाहकार राजेश श्रेष्ठ , समाजसेवी रमेश मल्ल, नेपाल मगर सांस्कृतिक संघ मलेसियाका अध्यक्ष यम बलाल मगरलगायतका संघसंस्थाका प्रतिनिधिहरू रहेका थिए ।

नयाँ समितिलाई शुभकामना तथा बधाई दिदैँ आदिवासी जनजाति समुदायको एकता अझै मजबुत हुने नसकेकोमा दुख व्यक्त गर्दै नयाँ समितिले जोहोर क्षेत्रमा आफ्नो समुदाय र समग्र नेपाली समुदायलाई पनि सशक्तीकरण र एकतामा बल पुय्राउने भन्ने विश्वास रहेको प्रमुख अतिथि घनश्याम चौधरी थारूले बताए ।

त्यस्तै अर्जुन सिंह अनुरागी, दिलिप शाही, राजेश श्रेष्ठ , रमेश मल्ल, यम बलाल मगर लगायतका अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *