राष्ट्रिय भलिबलः आर्मी सेमिफाइनलमा प्रवेश

डिसी नेपाल
८ माघ २०७६ १३:२२

काठमाडौँ । राजधानीमा जारी एनभिए राष्ट्रिय पुरुष–महिला क्लब भलिबल प्रतियोगिताअन्र्गत आज भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ।

नेपाल भलिबल सङ्घ (एनभिए) को आयोजनामा भएको उक्त प्रतियोगितामा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा आर्मीले मणिमुकुन्दलाई २५–१९, २५–१८ र २५–१७ ले पराजित गरेको हो।

प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजेता टोलीले जनही रु दुई लाख तथा उपविजेताले रु एक लाख पुरस्कार पाउनेछन् ।

त्यसैगरी तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट घोषित हुने खेलाडीले जनही रु २५ हजार पाउनेछन् भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही रु दश हजार पाउनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *