एडिलेडसँग मेलबर्न ११ रनले पराजित
एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्स बिग बास लिग (बीबीएल)मा एडिलेड स्ट्राइकर्ससँग पराजित भएको छ। एडिलेडमा भएको खेलमा स्टार्स स्ट्राइकर्ससँग ११ रनले पराजित भएको हो।
जितको लागि १ सय ६३ रनको लक्ष्य पछ्याएको स्टार्सले २० ओभरमा ८ विकेट गुमाएर १५१ रन बनायो। स्टार्सका कप्तान पिटर ह्याण्ड्कम्बले ६५ रनको अर्धसतकिय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन्। यस्तै ग्लने म्याक्सवेल तथा निक लार्किनले समान १९ रन बनाए। स्टाईकर्सका पिटर सिडलले ४ विकेट लिए। यस्तै वेस अगरले २ विकेट लिए।
एडिलेडमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । स्टाईकर्सका लागि जोनाथन वेल्सले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यस्तै एलेक्स केरीले ३३ रन जोड्दा फिल साल्टले २२ रन बनाएका थिए । म्याथ्यु शर्ट २३ रनमा अविजित रहे ।
स्टार्सका क्लिन्ट हिन्चिल्फीले ३ विकेट लिएका थिए । ग्लेन म्याक्सवेलले १ विकेट लिए । सन्दीप विकेटविहीन बने । सन्दीपले ३ ओभरमा २४ रन खर्चिएर विकेट लिन सकेनन् । यस सिजन सन्दीपले अघिल्ला ११ खेलमा १४ विकेट हात पारेका थिए ।
मेलबर्न १३ खेलमा १० जितसहित २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment