गर्लफ्रेण्डलाई लिएर फुटबल हेर्न गएका थिए, श्रीमतीले टिभीमा लाइभ देखेपछि…

डिसी नेपाल
९ माघ २०७६ ९:२१

काठमाडौं। एक विवाहित व्यक्तिलाई गर्लफ्रेण्डसँग प्रेमालाप गर्दै खेल हेर्नु निकै भारी परेको छ । इक्वेडरका देवेइ एन्ड्रेड नामका ती व्यक्तिले स्टेडियममा बसेर बार्सिलोना र डेलफिनको फुटबल खेल हेरिरहेका थिए । उनकी गर्लफ्रेण्ड उनको छेउमै थिइन् । संसारलाई बिर्सेर बसेका ती व्यक्तिले खेल हेर्ने क्रममा गर्लफ्रेण्डलाई किस गरिरहेका थिए ।

ती व्यक्तिलाई रत्तिभर पत्तो थिएन कि खेल लाइभ कभर गरिरहेका क्यामेराले उनको यो हर्कत पनि कभर गरिरहेका थिए । उनीहरुको हर्कत स्टेडियममा जडित ठूला क्रिनसँसै टिभीमा पनि लाइभ प्रसारण भइरहेको थियो । जब देवेइलाई महसुस भयो कि उनको भिडियो लाइभ भइरहेको छ, उनी सचेत भए । तर, त्यतिबेलासम्म ढिलो भइसकेको थियो । उनकी श्रीमतीले घरमा बसेर टिभीमा यही खेल हेरिरहेकी थिइन् जसले देवेइको चर्तिकला पनि देखिसकेकी थिइन् ।

देवेइको हर्कत देखेपछि उनकी श्रीमती घर छाडेर गइन् । यो भिडियो इक्वेडरसहित विश्वभर भाइरल भइरहेको छ । भिडियो भाइरल भएपछि र श्रीमती घर छाडेर गएपछि देवेइले इन्स्टाग्राममा सार्वजनिक रुपमा एक पोस्ट लेखेर आफ्नो गल्तीको लागि माफी माग्दै श्रीमतीलाई घर फर्कन आग्रह गरेका छन् । भिडियो भाइरल भएपछि र आफूमाथि व्यङग्य हुन थालेपछि उनले मानिसबाट नै गल्ती हुने भन्दै मानिसहरुलाई यो मुद्दा छाड्न आग्रह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *