सरस्वतीमाथि मनाङको जित

डिसी नेपाल
१० माघ २०७६ १५:३५

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले कठिन जित निकालेको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मनाङले रेलिगेसनको पिडामा रहेको सरस्वती युथ क्लबलाई १–० गोलले हरायो ।

मनाङको जितमा विमल रानाले निर्णायक गोल गरे । विमलले ४६औं मिनेटमा गोल गरेका थिए । सरस्वतीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेन । जितसँगै मनाङ तेस्रो स्थानमा उक्लिएको छ ।

मनाङको आठ खेलबाट १६ अंक छ । मनाङसँगै शीर्ष स्थानको त्रिभुवन आर्मी र दोस्रो स्थानमा रहेको मच्छिन्द्रको पनि १६ अंक छ । मच्छिन्द्र र मनाङ गोल अन्तरका आधारमा पछि छन् । एक अंकमा सीमित सरस्वती तालिकाको अन्तिममा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *