बाह्रखरी बुक्सको कथा प्रतियोगिता घोषणा
काठमाडौं। बाह्रखरी बुक्सले दोश्रो बाह्रखरी कथा प्रतियोगिता घोषणा गरेको छ। बाह्रखरी बुक्सले शुक्रबार विशेष कार्यक्रम गरी दोश्रो कथा प्रतियोगिता आह्वान गरिएको बारे जानकारी गराएको हो।
प्रतियोगितामा प्रथम हुनेले १ लाख , दोश्रोले ६० हजार र तेश्रोले ४० हजार रुपैयाँसहित अवार्ड र प्रमाणपत्र पाउने छन्।
प्रतियोगिताका लागि प्राप्त कथा छनौट दुई चरणमा गरिने छ। बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले प्राप्त कथा मध्ये उत्कृष्ट ५० कथा चुनेर निर्णायक मण्डललाई उपलब्ध गराउने छ। ती कथा मध्येबाट निर्णायक मण्डलले उत्कृष्ट कथा २०७७ पुस्तकका लागि २५ कथा छान्ने छन्। साथै तीनै २५ कथा मध्येबाट पहिलो, दोश्रो र तेश्रो छानिनेछ।
कथा प्रतियोगिता घोषणा सभामा बाह्रखरी बुक्सका सम्पादक राजेन्द्र पराजुलीले नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न गरिएको कथा प्रतियोगितामा भाग लिन देश भित्र र बाहिर रहेका सबै नेपाली कथा लेखकलाई आग्रह गरे।
बाह्रखरी बुक्सले वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण वाग्लेको संयोजकत्वमा उपन्यासकार अमर न्यौपाने र नवप्रतिभा बिना थिङ तामाङ सम्मिलित कथा प्रतियोगिता निर्णायक मण्डल गठन गरेको छ।
सोही निर्णायक मण्डलबाट उत्कृष्ट कथा चयन हुनेछ । प्रतियोगिताका लागि १५ सय देखि बढीमा ४ हजार शब्द भित्र नेपाली भाषामा लेखिएको कथा हुनुपर्नेछ। प्रतियोगितले फागुन १० गते भित्र बाह्खरीको ईमेल ठेगानामा कथा पठाइसक्नुपर्ने छ।
बाह्रखरीले गत बर्ष पनि उत्कृष्ट कथा प्रतियोगिता आयोजना गरेको थियो। उत्कृष्ट कथा २०७६ को हिन्दी अनुवाद पनि प्रकाशित भइसकेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment