अब महिला गर्भवती भए १५ सय रुपैयाँ भत्ता पाउने

डिसी नेपाल
११ माघ २०७६ ११:३३

झापा । झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ।

गाउँपालिका भित्र रहेका स्वस्थ्य संस्थामा गर्भवती महिलाको स्वास्थ्य जाँच गराउन र भिडियो एक्स-रे गर्न सहयोग पुर्याउने उद्देश्यले सबै गर्भवती महिलालाई प्रोत्साहन स्वरुप भत्ता प्रदान गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद दाहालले जानकारी दिए।

कतिपय गर्भवती महिलामा चेतनाको कमी र आर्थिक अभाव हुँदा उनीहरुले नियमित गर्भ जाँच नगराउने भएकाले नियमित गर्भ जाँच गराउन प्रोत्साहन दिँदै आर्थिक सहयोग गर्न लागिएको बताइएको छ।

“प्रोत्साहन रकम लिने गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच गराउनु पर्ने हुन्छ”, प्रमुख प्रशासकीय अधिकृत दाहालले भने ।

आदिवासी समुदायको वाहुल्यता रहेको बाह्रदशी गाउँपालिकामा अझैं पनि चेतना अभावका कारण घरमै प्रसुति गराउने क्रम रहेको र त्यसलाई अन्त्य गर्दै स्वास्थ्य संस्था र अस्पतालमा मात्रै सुरक्षित रुपमा प्रसुति गराउन प्रोत्साहन दिने उद्देश्यले गाउँपालिकाले नयाँ योजना अघि सारेको दाहालको भनाइ छ।

यहाँका गर्भवती महिलाले वडाको सिफारिसमा नजिकै रहेका स्वास्थ्य संस्थाबाट यो सेवा लिन सक्ने भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *