सस्कृति जोगाउन समुदाय चनाखो बन्नुपर्छ : प्रमुख आयुक्त गुरुङ

डिसी नेपाल
११ माघ २०७६ १७:३४

कास्की । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले आफ्नो समुदायका भाषा, सस्कृति र इतिहासलाई जीवन्त बनाउन समुदाय आफै लाग्नु आग्रह गरेका छन् । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको १९ औँ वार्षिकोत्सव, स्रष्टा सम्मान एवं छात्रवृत्ति वितरण कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उनले विकासक्रममा संस्कार र संस्कृति भुल्ने र विलय हुन सक्ने खतरा हुँदा सस्कृति जोगाउन समुदाय चनाखो बन्नुपर्छ भने।

शिक्षा, भाषा, संस्कृति, संस्कार, बोलीचाली संरक्षण र सम्वद्र्धन गर्नु सबैको कर्तव्य रहेको चर्चा गर्दै प्रमुख आयुक्त गुरुङले,“ शैक्षिक, सांस्कृतिक र सामाजिक विकासमा प्रतिष्ठानको योगदान महत्वपूर्ण रहेको छ ।” उनले सार्वजनिक निकायले व्यक्तिले मागेको सूचना नदिएको खण्डमा आयोगले उजुरी लिने जानकारी दिए।

प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले वि.सं. २०५८ सालमा स्थापना भएको संस्थाले तमु समुदायको पछिल्लो पिँढीलाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उद्धेश्यले स्वदेश तथा विदेशमा रहेका व्यक्ति तथा संस्थाको सहयोगबाट छात्रवृत्ति अक्षयकोष स्थापना गरी विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको बताए ।

विभन्न १७ जिल्लाका ९१ जना बालबालिकाहरुले छात्रवृत्तिमा अध्ययन गर्दै आइरहेका र १ सय २ जनाले छात्रवृत्तिमा अध्ययन पुरा गरी माध्यमिक विद्यालय परीक्षा उत्तीर्ण गरेको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा मीनबहादुर तमु स्मृति पुरस्कार गायक धनबहादुर गुरुङ, घनबहादुर तमु स्मृती पुरस्कार साहित्यकार तेजबहादुर गुरुङ, लालशोभा उत्कृष्ट आमा सम्मान बेलसुवा तमु, पार्वता तमु स्मृति पुरस्कार मनविर तमुलाई प्रदान गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.