अष्ट्रियामा एक नेपालीको निधन
काठमाडौं । नेपाल विद्यार्थी संघकी पूर्व नेतृ पार्वती अधिकारीको अष्ट्रियामा निधन भएको छ।
उनको क्यान्सरका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पाल्पाको रामपुरमा २०३२ सालमा जन्मिएकी अधिकारीका पाँच दाजु–भाइ र ३ दिदी–बहिनी मध्यकी एक हुन् ।
उनी बहुमखी क्याम्पस तानसेन पाल्पामा २०५५ देखि ५७ सम्म स्ववियू कोषाध्यक्ष समेत रहेकी थिईन् ।
काठमाडौंको स्वयम्भूमा घर भइ हाल अष्ट्रियामा उनी परिवारसहित बस्दै आएकी थिइन् ।
श्रीमान् र दुई छोरा अनुपम र आयुष हाल अष्ट्रियामा नै बस्दै आएका छन्। अधिकारीको अन्त्यष्टि अष्ट्रियामा नै माघ १७ गते गर्ने तयारी छ।
अष्ट्रियामा जर्मनी भाषामा उच्च शिक्षा हासिल गरेकी अधिकारीले वोकु विश्वविद्यालयमा वायो टेक्नोलोजीमा पनि स्नातकोत्तर गरेकी थिइन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment