खुल्ला कपडाबारे प्रियंकाको बचाउमा आमा मधुले भनिन्–‘उनले मसँग सोधेर लगाएकी हुन्’
काडमाडौं। केही दिनअघि ग्रामी अवार्डमा पति निक जोनससँग पुगेकी प्रियंका चोपडाले अत्याधिक खुल्ला कपडा लगाएको भन्दै सामाजिक संजालका चर्को आलोचना भयो । धेरैले उनका ट्रोल बनाए । अब प्रियंकाकी आमा मधु चोपडाले यो विषयमा प्रियंकाको बचाउ गर्दै आफ्नी छोरी एक सुन्दर शरीरकी धनी भएको बताएकी छिन् ।
डिएनएको एक रिपोर्टका अनुसार आमा मधुले भनिन् ‘ट्रोल गर्नेहरु अन्जान मानिसहरु हुन् जो आफ्ना कम्प्युटर र अन्य चीजहरुपछाडि लुकिरहेका छन् ।’ हालै चर्चित फेशन डिजाइनर वेल्डेल रोड्रिक्सले प्रियंकाको यो ड्रेसको बारेमा विशेष कमेन्ट गरेका थिए । प्रियंकाकी आमासँग यो कमेन्टबारे सोध्दा उनले आफूलाई यी सब कुराबाट खुसी लागेको बताइन् ।
रोड्रिक्सले प्रियंकाको ड्रसबारे भनेका थिए ‘प्रियंकाले ग्रामी २०२० मा समा बाँधिन् । साँच्चै यो (ड्रेस) निकै बोल्ड र सुन्दर र रल्फ । यसमा नेकलाइन लस एन्जल्सबाट सुरु भएर क्युबासम्म पुग्छ । निकै मन पर्यो ।’ यो ड्रेस रल्फ एण्ड रुसोले डिजाइन गरेका थिए । ट्रोलले आफ्नी छोरीलाई थप मजबुत बनाएको बताउँदै मधुले भनिन् ‘प्रियंकाले यो ड्रेस लगाउनुभन्दा पहिले यसको नमूना मलाई देखाएकी थिइन् । मलाई लाग्यो यो लगाउनु केही जोखिमपूर्ण छ तर यो केही सबैभन्दा शानदार ड्रेसहरुमध्ये एक हो ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment