नेकपा बैठक आजपनि जारी, ११ समूहको प्रतिवेदन पेश हुँदै
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटीको बैठक आज पनि बसिरहेको छ ।
आजको बैठकमा छलफलका लागि बनाईएका ११ वटा समूहले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । शुक्रबारको बैठकमा ४ वटा समूहले समुहगत छलफल सकेर प्रतिवेदन प्रस्तुत गरेका थिए।
जसमा समूह १३ का नेता लेखनाथ न्यौपाने, समूह २ की कमला रोका, समूह ६ का दीनानाथ शर्मा, र समूह ९ की भगवती चौधरीले आ–आफ्नो समूहको प्रतिवेदन पेश गर्दै पार्टी विधिसम्मत रुपमा सञ्चालन गर्नेपर्ने सुझाव दिए।
राष्ट्रिय सभा गृहमा ११ बजेदेखि सुरु भएको बैठकमा आज सबै समुहको प्रस्तुती सकिएसँगै एकीकृत प्रतिवेदन बनाएर पास गरिने र पार्टी महाधिवेशन बारे निर्णय लिने नेकपा स्रोतले जनाएको छ ।
माघ १५ गते बुधबारबाट सुरु भएको नेकपाको ऐतिहाँसिक बैठक भोलि आइतबारसम्म चल्ने छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment