नेपाल आउने क्रममा दिल्ली विमानस्थलबाट फर्काइएका करणवीर अन्ततः नेपाल आइछाडे
काठमाडौं। भारतीय टेलिभिजन जगतका चर्चित अभिनेता करणवीर बोहरा अन्ततः नेपाल आएरै छाडेका छन् । उनलाई बिहीबार नेपाल प्रस्थान गर्ने क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको थियो । आवश्यक ट्राभल डकुमेन्ट नभएको भन्दै उनलाई नेपाल प्रस्थान गर्न दिइएको थिएन ।
शुक्रबार आवश्यक डकुमेन्ट देखाएर उनी काठमाडौँ आएका हुन् । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै उनले ट्वीटरमा आफ्नो फोटोसमेत राख्दै काठमाडौँ आइपुगेको जानकारी दिएका छन् ।
The Eagle has landed #kathmandu …. Straight to shoot #casino @ZEE5Premium @backbencherpict @gajjarhardik pic.twitter.com/40ytofIVk9
— Karanvir Bohra ?? (@KVBohra) January 31, 2020
बिहीबार मुम्बईबाट दिल्ली आएका उनले दिल्लीबाट काठमाडौँका लागि एयर इन्डिया विमानको टिकट लिएका थिए । हवाई मार्गबाट नेपाल जानका लागि राहदानी आवश्यक पर्ने भए पनि करणवीरले राहदानी बोकेका थिएनन् । उनले आधारकार्ड देखाएर नेपालतर्फ प्रस्थान गर्न चाहेका भए पनि विमानकर्मीले उनलाई ‘बोर्डिङ पास’ नदिएपछि उनी दिल्लीमै रोकिएका थिए ।
करणवीरले मुम्बईस्थित आफ्ना एक मित्रलाई भनेर दिल्लीसम्म आफ्नो राहदानी मगाएका थिए । राहदानी पाएपछि उनी शुक्रबार नेपालका लागि उडेका थिए । दिल्लीमा एक दिन रोकिनु परेको अवस्थामा काठमाडौँ आइपुग्नुलाई उनले ठूलो उपलब्धिका रुपमा लिएका छन् । काठमाडौँ अवतरण गरेलगत्तै उनले दुवै हात फैलाएर खुशी उजागर गरेको तस्वीर ट्वीटरमा राखेका छन् । उनी नेपालमा छायांकनको सिलसिलामा केही दिन रहने जनाइएको छ ।







डिसी नेपाल








Facebook Comment