जीर्ण भवनबाट प्रशिक्षण केन्द्र सञ्चालन

डिसी नेपाल
१९ माघ २०७६ ६:५६

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित ग्रामीण विकास प्रशिक्षण केन्द्र पुनः सञ्चालनमा आएपछि सेवा क्रमशः विस्तार हुँदै गएको छ।

द्वन्द्वकालीन असुरक्षाका कारण केन्द्र बन्द भएको थियो । केन्द्र सञ्चालनमा आएसँगै अहिले कर्मचारीलाई विषयगत तालीसमेत दिन थालिएको छ।

अहिलेसम्म सात पटक तालीम सम्पन्न गरेको र आठौँ पटकको तालीम सञ्चालनको तयारीमा रहेको केन्द्र प्रमुख चण्डीलाल चौधरीले जानकारी दिए ।

स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई तालीम दिने अधिकार केन्द्रलाई दिइएको छ । केन्द्रबाट तालीम लिनुभएका नायबसुब्बा अशोक खरेलले केन्द्र पुनः सञ्चालनमा आएपछि आप्mनै ठाउँमा नै तालीम पाउने अवसर सिर्जना भएकामा खुशी व्यक्त गरे ।

विसं २०२३ मा स्थापना भएको केन्द्रले विगतमा साविकका मध्य र सुदूरपश्चिमका २४ जिल्लाका जनप्रतिनिधि तथा कर्मचारीलाई तालीम दिँदै आएको थियो।

अहिले प्रदेश नं ५ को १२ जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, नायबसुब्बा र खरीदार तहका कर्मचारी, जिल्ला समन्वय समितिका जनप्रतिनिधि तथा कर्मचारीलाई सेवाकालीन र क्षमता वृद्धिको तालीम दिने गरी केन्द्र पुनः सञ्चालनमा ल्याइएको छ।

कर्मचारी दरबन्दीको अभावमा अहिले तालीम सञ्चालनमा ठूलो चुनौती रहेको उनले बताए ।

केन्द्र बन्द हुनुअघि साविकका गाउँ विकास समितिका सचिव भर्ना तथा छनोट गर्ने अधिकारसमेत लोकसेवा आयोगले दिएको थियो।

अहिले उक्त अधिकार कटौती गरिएको छ । अहिले तालीम मात्रै सञ्चालन गर्ने अधिकार प्रदान गरिएको छ।

करीब १६ बिघा क्षेत्रफलमा पैmलिएको केन्द्रको अधिकांश भवन मर्मतसम्भारको अभावमा जीर्ण अवस्थामा छन्।

छ वटा भवन मर्मत गरेर सञ्चालनमा ल्याइए पनि अझै २९ भवन मर्मत गर्न बाँकी छ । एकैपटक १०० जनालाई तालीम दिनसक्ने र बासको व्यवस्थासमेत रहेको केन्द्रलाई अहिले ३० जनालाई तालीम दिने गरी सञ्चालनमा ल्याइएको प्रमुख चौधरीले जानकारी दिए।

उनका अनुसार नेपाल सरकारले केन्द्रको क्षमतालाई क्रमशः बढाउँदै लैजाने नीति लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *